FAQs Complain Problems

सञ्छिप्त परिचय:-

नेपाल सरकारको मिति २०७३ फागुुन २२ गतेको निर्णय अनुसार प्रारम्भमा साविकका मेलौली, महारुद्र, बिशालपुर, दुर्गास्थान (१,२,३,८ र ९ वडाहरु), सलेना, शिवनाथ(६,७, ८ र ९ वडाहरु), रोडिदेवल(४,५,६ र ७ वडाहरु),  गा.वि.स.हरु समाबेस  गरी मेलौली नगरपालिका घोषणा भएको थियो । नेपालको संविधान, २०७२ लागू भए संगै स्थानीय तहहरु निर्माण गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन  २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार मेलौली नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ । नेपालको संविधान २०७२ अनुसार सुदूरपश्चिम प्रदेश  अन्तर्गत पर्ने यो नगर बैतडी जिल्ला का ४ वटा नगरपालिका सहित चौथो नगरपालिका हो । बैतडी जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने यो नगरपालिकाको केन्द्र मेलौली वजार जिल्ला सदरमुकाम बैतडीबाट करिव ३५ किलोमिटर को दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् । वि.सं. २०६८ को जनगणना अनुसार यस नगरपालिकामा ३९३४ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको को कुल जनसंख्या २२,५४५ रहेको छ । जसमा पुरुषको संख्या १२,१११ र महिलाको जनसंख्या १०,४३४  रहेको छ ।